२९ अगष्टको मिटिङकोनिर्णयहरु

२९-०८-२०१० आज मिति अगष्ट २९ तारिकका दिन हंगकंगस्थित जोर्डन पार्कमा “टेम्के-मलाथुम्का साहत्यिक पुरस्कार संयोजक समितिका साधारण बैठक समितिका संयोजक प्रकाश रोदुङको संयोजकत्वमा बसियो।निरन्तररुपमा अक्षयकोषको विविध बिषयमा छलफल गर्ने विभिन्न प्रस्तावहरु माथि छलफल गरीयो।

प्रस्तावहरु

१-अक्षयकोष द्वारा प्रदान गरिने पुरुस्कारको नाम संसोधन वा परिवर्तन गरिनु पर्नेमा बारेमा।

२- आगामी नेपाली दिपावली देउसी भैलो आजोनजा स्थान मिति सम्बन्धमा।

३-हंगकंगमा रहेका स्रस्ठाहरुको सामुहिक कृति प्रकाशन गर्ने सम्बन्धमा ।

४- समितिको website lunch भैसकेकोले यसलाई उपयोग गरिनु पर्ने सम्बन्धमा।

५-अक्षयकोष स्थापनार्थ उठाउनुपर्ने हंगकंग डलर १००० तथा क्षमता अनुसार(दिनको दुई डलर,दुई बर्षे खुत्रुके कार्यक्रम) प्रदान गर्नु रकमको विषयमा तत्काल उठाउन पुर्ण गर्नु पर्ने सम्बन्धमा।

६- अक्षयकोष पुर्णरुपमा उठाउनुपुर्व रकम उत्पादनसिल क्षेत्रमा संचालन गरिनु सकिने सम्बन्धमा।

७-अर्को बैठकको सम्बन्धमा।

-विविध-वोधार्थ

कवि किराती भोगेन एक्लेबाट उपलब्ध भएका “विरुद्द कविता संग्रह” अक्षयकोषका लागि सहयोगस्वरुप ९० प्रति उपलब्ध गराउनुभयो।जस्को मुल्य हंगकंग डलर १८००.९ डलर हुन आउदछ।

निम्न लिखित प्रस्तावहरुमा छलफल र बहस गरियो र निम्न प्रकारका निर्णय गरियो।

प्रस्ताव नं १- माथि वहस र छलफल गरिदा उपस्थित जनसमुदायबाट “ टेम्के – तुवाचुङ साहित्यिक पुरु्स्कार” भाषागत सुद्दासुद्दि बाहेक परीवर्तन नगरिने गरि सर्वसम्वतले पास गरियो।

प्रस्ताव नं २- माथि वहस र छलफल गरिदा आउदो २०१० नोभेम्वर ६ तारिक शनिवार साझ आर्थिक सहयोगार्थ देउसी खेल्ने निर्णय गरियो।स्थानको बारेमा देउसी संयोजक नरजित राईले ब्याबस्थापन गर्ने गरि निर्णय गरियो।

प्रस्ताव नं ३- माथि वहस र छलफल गरिदा २०१० डिसेम्बर १५ भित्रमा संयोजक विमलराईको संयोजकत्वमा “ हंगकंगका खोटांगे श्रष्ठाका सृजनाहरु ”साहित्यिक कृतिका लागि सचनाहरु जम्मा गरि सक्नु पर्ने निर्णय गरियो।

प्रस्ताव नं ४- माथि वहस र छलफल गरिदा अक्षयकोषको आधिकारीक सूचना www.khotangsahitya.wordpress.com प्रयोग गर्नु र गराउनु वान्छनिय देखिएकोले एक आपसमा जानकारी गराउने निर्णय गरियो।

प्रस्ताव नं ५- माथि वहस र छलफल गरिदा सबै दाता,ब्याक्तिहरुलाई सक्दो जानकारी र संझना गराउने सहमत भईयो।

प्रस्ताव नं ६- माथि वहस र छलफल गरिदा सस्थामा संकलित रकम आयमूलक क्षेत्रमा(ब्याज लगानी) प्वाह तर मूलधन तहसनहस हुन नदिन र त्यो सम्भावनालाई अध्यान गर्नको लागि निम्न समितिका सदस्यहरुलाई अक्तियारी प्रत्यायोजन गरिएकोछ।

१.संयोजक अधिराज राई “प्रकाश”

२.कोषाध्यक्ष विमल राई

३.सदस्य-किन्दर राई

४.सदस्य नरजित राई

५.सदस्य पेनगुईन राई

प्रस्ताव नं ७- माथि वहस र छलफल हुदा आउदो बैठक मिति १४ नोभेम्बर २०१० (जोडन)मा गरिने निर्णय गरियो।

उपस्थिति नामावली

१.अधिराज राई “प्रकाश”

२.विमल राई

३.किन्दर राई

४.नरजित राई

५.पेनगुईन राई

६.भोगेन्द्र राई

७.पिताम्बर राई

८.रमेस नामहाङ

९.हेजेन राई

१०.रजिन राई

समाप्त

Advertisement
This entry was posted in आगामी कार्यक्रमहरु, निर्णयहरु. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s