श्री मान महोदय ज्यू
बिषिय ; हार्दिक अपिल तथा निमन्त्रणा
नेपाली बाङमयको क्षेत्रमा लगनशील, कर्मठ र साधक बर्ष उत्कृष्ट साहित्यकारलाई नेपालमा रु; ५०,०००।- रकम बराबरको पुरस्कार प्रदान गरिने गरी “ट्याम्के तुवाचुङ” साहित्यिक पुरस्कारको निमित्त अक्षयकोष स्थापना गर्ने उदेश्यले हङकङमा अस्थाई या स्थाई रुपमा बसोबास गरिरहेका हामी खोटाङगे साहित्यानुरागीहरुले अक्षयकोष स्थापनार्थ यसै बर्ष (२०१०) को फेब्रुअरी महिनाबाट अक्षयकोष निर्माण सँयोजक समिती गठन गरी क्रमश बिभिन्न आयामको माध्यमबाट आर्थिक सँकलनका साथै निश्चित अवधिसम्म साहित्यिक तथा गैर साहित्यिक गतिबिधिहरु गर्दै जाने ब्यहोरा याँहालाई सादर अवगत गराउन चाहान्छौ । यसै क्रममा आउदो दिपावलीको शुभ-अवसर पारेर ( Nov 6, 2010) को साँझ स्थान-जोडनमा देउसी-भैलो कार्यक्रम एक आपसमा प्रगाढ आत्मिएताका साथ मनाउन गईरहेको हार्दिक जानकारी दिलाउन चाहन्छौ, साथै जनवरी महिना भित्रमा साहित्यक कृति “हङकङमा खोटाङे श्रष्टाका श्रृजनाहरु” प्रकाशन गरिने तय गरिसकिएको छ । आउदा दिनहरुमा हामीलाई यि आयोजनाहरु स-सक्त रुपमा सफल बनाउन हजुरको साथ र सहयोग अपरिहार्य महसुस गरेका छौ । याँहाको सकारत्मक बिचार पनि हामीलाई प्रेरणाको स्रोत हुनेछ । यर्सथ, डिसेम्बर १५ भित्र आफ्ना लेख रचनाहरु बायो डाटा र फोटो सहित पठाई दिनुहुन र देउसीको निमन्त्रणा ग्रहण गरिदीनुहुन बिनम्र हार्दिक अनुरोध गर्दछौ ।
भवदिय
अक्षयकोष निर्माण समिती सँयोजक-प्रकाश रोदुङ(अधिराज राई) -९७०६१९२५
सँयोजक देउसी कार्यक्रम-नरजित राई-६१९८३१४६
कोषाध्यक्ष-बिमल चाम्लिङ राई-९५१६१८७५रचना पठाउने ईमेल khotangsahitya@gmail.com
हाम्रो साझा ब्लक- www.khotangsahitya.wordpress.com
स्थान-जोर्डनको १८५ सांघाई स्ट्रीटस्थित २ तल्ला “पल्पसा” खाजा घर
समय-साँझ ७ बजे देखि-१२ बजे सम्म